ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनियाँ नाकामा धर्ना बस्ने !

नेपाल सरकारले कुटनीति पहल नगर्दा चिनियाँ नाका पूर्ण रुपमा सञ्चालन नआएको भन्दै व्यवसायीले नाकामै गएर धर्ना दिने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले १० महिनादेखि बन्द रहेको नाका अहिले सञ्चालनमा रहे पनि दैनिक दुई वटासम्म मात्रै कन्टेनर चिनबाट नेपाल आउने गरेको भन्दै पुर्ण श्रमतामा सञ्चालन गर्न माग गरेका हुन् । नेपाल तर्फ कुनै समस्या नभएपनि नेपाल सरकारले कुटनीतिक पहल नगरिदिदाँ सामनहरु चिनतर्फ रोकिएको उनीहरुको भनाई छ ।

कोरोनाका कारण १० महिना देखि ठप्प रहेको नाका केही समय पहिला मात्र खुलेको थियो । नाका खुले पनि दैनिक दुईवटामात्र कन्टेनर छोने गरेको र सामान अभाव भएको रढुवानीमा समस्या हुदाँ भाडा वृदि भएको उनीहरुको भनाई छ । यस्तो अवस्थामा पनि सररकारी तवरबाट ठोस कदम नचालिएको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *