ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

घुम्नै पर्ने उत्कृष्ठ १० भित्र अन्नपूर्ण सर्किट

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

अन्नपुर्ण सर्किट विश्वको घुम्नै पर्ने उतकृष्ठ १० गन्तव्य सूचिमा सूचिकृत भएको छ । अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको हो । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किट १० औं नम्वरमा सूचिकृत भएको हो ।

लोन्ली प्लानेटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्दै साहसिक र रोमाञ्चक यात्रा, शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने विशेषता उल्लेख गर्दै सर्किटलाई सूचिमा राखेको हो ।

तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्ला पाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि अन्नपूर्णलाई सुझाएको छ ।

घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटी दोस्रोमा इक्वेडरको गालापागोस तेस्रोमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुञ्ज, चौथोमा बोल्स्वानाको ओकाभाङ्गो डेल्टा र पाचौंमा अमेरिकाको येल्लोस्टोन नेशनल पार्क छन्

  •  
    2
    Shares
  • 2
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *