ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओलीले बोलाउलान् त २७ गते सचिवालय बैठक ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चरम उत्कर्षमा पुगेको छ । कार्यकारी अध्यक्ष रहेका प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाल समुहलाई साथमा लिएर आफुलाई एक्ल्याएको भन्दै प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली रुष्ठ छन् भने प्रधानमन्त्री पार्टिको विधान विपरीत चलेको एकलौटी निर्णय गरेको भन्दै प्रचण्ड ओलीसंग रुष्ठ छन् । यस्तो अवस्थामा एक अध्यक्षले गरेको निर्णय अर्को अध्यक्षले नमान्ने प्रविर्तिको विकास हुदाँ पार्टीमात्र नभइ सरकारको काममा समेत असर परेको छ ।

प्रचण्ड समहुले ओलीलाई पटक पटक सचिवालय वैठकको आह्वान गर्न आग्रह गरपनि ओलीले त्यसलाई अटेर गर्दै आएका छन् । प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । तर ओलीले त्तकाल सचिवालय वोलाउन अस्विकार गरे ।

यसरी पटक पटक आग्रह गर्दा पनि बैठक नडाकेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग पुन छलफल गरेका छन् । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड दिएपनि ओली आफ्नो अडानबाट टसमस भउका छैनन् ।

२६ गते प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम तय भएकाले प्रचण्डले २७ गतेका लागि सचिवालय बैठक ८क्न ओलीसंग आग्रह गरेका हुन । तर प्रचण्डको यो पसर्ताव पनि स्विकार गरीनसकेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *