ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतबाट एकपछि अर्को उच्चस्तरिय भम्रण – भूमि फिर्ताको वातावरण बन्ला त ?
भारतीय विदेशसचिव श्रृंगला नेपाल आउदैँ

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपाल-भारत संवन्ध उत्कर्षमा पुगेका वेला भारतका तर्फबाट एकपछि अर्को उच्च स्तरिय भ्रमण जारी छ । नेपालले आफ्नो भूमि कालापानी,लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गरेसंगै नेपाल- नेपाल भारतसम्वन्ध तनावपूर्ण अवस्थामा छ ।

केही दिन पहिलामात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा भारतीय गुप्तरच निकाय ‘रअ’ प्रमुख सामन्त गोयलले प्रधानमन्त्रीलाई भेटेका थिए । गोयल लगत्तै भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणेले नेपाल भम्रण सकेका छन् ।

नेपाली सेनाको मानार्थ महारथी पदवी ग्रहण गर्न नेपाल आएको बताइएपनि नेपाल- भारत संवन्धमा संवाद हिनता तोड्न सफल भएको विश्लेषण हुदै आएको छ । नरवाणेको नेपाल भ्रमण लगत्तै भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउन लागेका छन।

विदेश सचिव श्रृंगलाको राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्माओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी भरतराज पौडेल लगायतसँग भेटवार्तासहितको बैठक गर्ने योजना तय भैसकेको जनाइएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *