फाल्गुनन्द जयन्ती- राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपतिको विश्वास
आज राष्ट्रिय विभूति फाल्गुनन्द जयन्ती, वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्द किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा विशेष योगदान पुर्याएको मानिन्छ ।
समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको मृत्यु २००५ सालमा भएको थियो । फाल्गुनन्द जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीले सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन्
समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने उनको कामना छ ।
राष्ट्रपति भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।