ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाइडेनले गठन गरे कोभिड–१९ टास्क फोर्स, अमेरीकामा कोरोना नियन्त्रण हुने संकेत

अमेरीकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित भएसँगै कोरोना पनि नियन्त्रणमा आउने आँकलन गरिएको छ । राष्ट्रपतिमा विजयी भएपछि बाइडेनले पहिलो कामअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।
१३ सदस्यीय टास्क फोर्समा तीन सह–अध्यक्ष र एक सदस्य छन् । यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन् ।
बाइडेनले भनेका छन् । कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हुनेछ, लगातार बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हो ।
साथै उनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरे । कोरोना महामारीको घातक दोस्रो लहर आउन बाँकी नै रहेकोले सबैले मास्क लगाउने तथा आवश्यक सुरक्षाका सबै उपाय अपनाउन अपिल गरेका छन् ।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको सुरुवातमा त मास्क बहिष्कारै गरेका थिए भने सार्वजनिक कार्यक्रममा समेत उनी बिनामास्क हिँडेका थिए । कोरोना संक्रमितको संख्या निकै नै बढेपछि मात्रै ट्रम्पले मास्क लगाएका थिए । तर पनि उनले आम नागरिकलाई कहिले पनि कोरोनाबाट बच्न मास्क लगाउनुपर्छ भनेनन् ।
बाइडेनले गठन गरेको कोभिड–१९ टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख छन् र

महामारी नियन्त्रणका लागि राज्य एवं स्थानीय अधिकारीको समेत सरसल्लाह लिने नवनिर्वाचित राष्ट्रपति बाइडेनले बताए ।

फेडरेसन अफ अमेरिकन साइन्टिस्टका डाक्टर एरिक फिजल डिंकले बीबीसीलाई दिएको आन्र्तवार्तमा भने ‘कोरोना नियन्त्रणका लागि पहिलो काम विज्ञानमा आधारित नीति बनाउनु हो, तर यसमा डोनाल्ड ट्रम्प असफल रहे । मास्क लगाउने विषयमा पनि ट्रम्पको नीति ढुलमुले थियो र उनको नेतृत्व पनि दुःख दिने खालको थियो । बिनाआपतकाल औषधिको स्वीकृतिमा हतार गर्नु आफैंमा अवैज्ञानिक काम थियो ।’
उनले नवनिर्वाचित राष्ट्रपति बाइडेनले कोभिड–१९ टास्क फोर्समा डाक्टर रिकलाई छनोट गरेर राम्रो काम गरेको पनि बताएका छन् । उनले भनेका छन् । डा. रिकले यसअघि पनि बायोमेडिकल एडभान्स रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटीको प्रमुख भएर काम गरिसकेका छन् उनी ती डाक्टरमध्ये एक हुन् जसले महामारी नियन्त्रणका लागि ट्रम्पले अपनाएको नीतिको आलोचना गरेका थिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *