ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काेराेनाले थला परेकाे व्यापार तिहारमा पनि उठेन, झिमिलि बत्ती र भाइमसलाले पनि पाएन बजार

कोरोना महामारीका कारण यस बर्षको दशैं व्यापारीका लागि दशा बनेर सकिएको छ । कोरोना संक्रमण तथा महामारिका कारण बजार सुनसान हुँदा समग्र व्यापाएकाे एक चाैथाई व्यापार हुने सिनमै व्यापार नभएपछि व्यापारी चिन्तित बनेका छन् ।

दशैमा सुनसान बनेको व्यवसाय तिहारमा केही फस्टाउला कि भन्ने अपेक्षा गरेका व्यापारीको तिहार बजार सुरु हुँदा पनि सुनसान कायमा छ । लकडाउन हुने हल्लाले विद्युतीय व्यापारीहरुले झिलिमिली बत्तिनै कम आयात गरेका छन भने भाईमसलाको मुल्य पनि घटाएर बेच्नु परेको बताएका छन् । तर तिहारमा सवै भन्दा धेरै विक्रि हुने यिनै सामग्रीको ब्यापारमा ६० प्रतिशतकाे गिरावट आएकाे छ ।

कोभिडका कारण यस बर्षको दशैमा गत बर्षको तुलनामा ४० प्रतिशत मात्रै व्यापार भएको थियो, भने तिहारमा पनि सोहि हाराहारीमा व्यापार भएको छ । तिहारमा विशेष गरि धेरै व्यापार हुने झिलिमिली लाईट र भाईमसलाको व्यापारमा पनि उल्लेख्य रुपमा गिरावट आएको व्यापारीहरुले बताएका छन् । लामो समसय सम्म लकडाउन भएको र फेरिपनि लकडाउन हुन्छ भन्ने हल्लाले होलसेल व्यापारीले समान पनि कम आयात र बजारमा ग्राहक पनि नभएको विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष रामबहादुर श्रेष्ठको भनाई छ ।  

विगतका बर्षहरुका समानको उपलब्धता बढि हुने गरेकोले अन्तिम अवस्थामा सस्तोमा समान विक्रि गर्नु पर्ने भएपनि यस पटक कम समान आयात भएकोले त्यस्तो नहुने र विगतका बर्षको तुलनामा यस बर्ष मुल्य बढन सक्ने अर्का व्यापारी राजन नेपाल बताउछन् ।

तिहारामा उल्लेख्य रुपमा व्यापार हुने भाईमसलाको व्यापार पनि घटेको छ । व्यापार नभएपछि मुल्य घटाएर विक्रि गर्दै आएको व्यापारी  राजु तुलाधार गुनासो गर्छन् ।

दशैमा राम्रो व्यापार नभएको सुन चाँदिनको भने तिहारमा राम्रै व्यापार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताएका छन् । चैत देखि ठप्प रहेको सुनचाँदिको व्यापार सिजन सुरु भएसँगै सुन पसलमा चहलपहल बढेको छ ।

सरकारले नेपालको अर्थतन्त्रमा असर नपरेकाे बताएपनि जम्मा व्यापारको एक तिहाई भन्दा बढि व्यपार हुने सिजनै व्यापारमा ६० प्रतिशत सम्मको गिरावट आएपछि अर्थतन्त्र गम्भिर संकटका धकेलिदै गएको प्रष्ट भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *