संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्न राज्य व्यवस्था समितिको निर्देशन
सेयर गर्नुहोस
2 - 2Shares
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को ठाउँमा ‘नेपाल’ मात्र नलेख्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंग छलफल गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको हो।
तर संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई अवलम्बन गरेको राज्य प्रणाली भएको भन्दै मन्त्री ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको जिकिर गरे ।