ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाको अनुशासन आयोगको आग्रह – सवैजना वार्ता गरौं

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अन्तरकलह जारी छ । पार्टी भित्रका गुटगत भेला गरेर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली विरुध गुटबन्दी गरेको आरोप ओली पक्षले लगाउने र वार्ताका लागि पनि तयार नभएको वेला अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।

सोमबार अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण गराउदै  आरोप प्रत्यारोप रोक्न  विज्ञप्ती मार्फत आग्रह गरेका हुन् ।, ‘२६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णयहरु समेत आजपर्यन्त अलपत्र छन् । बरु त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

उनले भनको भनाई छ, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाऔं ।’

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *