बालुबाटारमा नेकपा कार्यादलको टिम प्रधानमन्त्रीसंग
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेको वेला पार्टी कार्यदलले सकृयता बढाएको छ ।
कार्यदलका संयोजक एवं पार्टीका महासचिव विष्णु पौडेलसहितको शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल बालुवाटार पुगेर छलफल सुरु गरेका छन् ।
यसअघि पार्टीभित्र विवाद बढेपछि समाधानका साउन ६ मा महासचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो जसले दुई अध्यक्षबीचको विवाद समाधान गर्न १४ बुँदे सुझाव दिएको थियो । तेसैका आधारमा स्थायी कमिटी बैठक बसेको र समस्या समाधान गरेको थियो ।