ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुलियो उखु उत्पादन गर्ने किसानका तितो पिडा

कहिले धान कृषकका समस्या त कहिले उखु किसानका समस्या, नेतृत्वमा रहनेले निर्णय गरिदिने तर कार्यानोयनमा खुट्टा लुलो बनाउने प्रविर्तिका कारण बर्षौं देखि किसानहरु मारमा पर्ने गरेका छन् । तिनिहरु मध्ये गुलियो उखु उत्पादन गर्ने किसानका पिडा भने सधै तितो हुने गरेको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई सिंहदरबारमा नै भेटेका किसानले २० दिनमा उखुको बक्यौता रमक पाउने भनेको एक बर्ष बढपनि केही दिन कटेको छ तर मन्त्रीले दिएको २० दिनको बाचा कहिले पुरा हुने हो अझै अत्तो-पत्तो छैन ।

केही दिनमा बाकीँ रहेको बक्यौदा रकम नपाएर सिंहदरबार घेर्ने चेतावनी दिएका किसानले आइतबार करिब डेड दर्जन उखु किसानहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई पुन भेटेका छन् ।

मन्त्रालयले यथेष्ट पहल नगरे मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने किसानहरुले चेतावनी दिएका छन् । उनीहरुले कोरोनाले मर्नु र भोक तथा ऋणले मर्नुको परिमाण एउटै भएकाले अब निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन ।

मन्त्री भट्टले आन्दोलन गरेर माहोल बिगार्नुभन्दा पनि कानुनी ढंगबाट रकम दिलाइदिन मन्त्रालयले हरसम्भव प्रयास गर्ने आश्वासन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *