ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निष्ठा र त्यागको पर्याय गणेशमान

आज कार्तिक २४ गते अर्थात नेपाली राजनीतिका लौहा पुरुष तथा २०४६को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

२०४६ को जनआन्दोलनको सफल पछि पुनस्थापना भएको प्रजातन्त्र पछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री आग्रहलाई अस्विकार गर्दै  समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका नेता सिंह उदाएका थिए ।

तर यसरी राजनीतिमा त्यागको भावना वोकेका नेता भएको पार्टी गुट र उपगुटमा विभक्त भएको छ । यस्तो अवस्थामा त्याग र बलिदानको परिभाषा नेपाली काँग्रेसको राजनीतिबाट टाढा हुदैँ गएको छ ।

नेपाली राजनीतिक शिखर मानिने, बिपि, गणेशमान तथा कृष्णप्रसादको बाटोमा नहिन्ने हो भने नेपाली काँग्रेसको संविधानानिक व्यवस्था भन्दा टाढा पुग्ने देखिन्छ ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मेका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *