आईपील फाइनल समिकरण- चार पटकको च्याम्पिएन मुम्बईसंग पहिलोपटक फाइनल पुगेको दिल्ली भिड्दै
युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको फाइनल खेल चार पटकको च्याम्पिएन मुम्बई र पहिलोपटक फाइनल पुगेको दिल्लीविच हुने भएको छ । मंगलबार हुने फाइनल खेल विशेष हुने मानिएको छ ।
१३औं संस्करणको लिग अन्तर्गत दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजन लिग चरणमा २ र प्लेअफमा १ गरी ३ पटक मुम्बईसँग दिल्ली हारिसकेको छ । फाइनलमा त्यसको बदला लिँदै पहिलो पटक उपाधि जित्ने अवसर दिल्लीसामु छ ।