एउटै खेलमा ४ पेनाल्टी ३ गोल एक बाहिरियो
एजेन्सी, भ्यालेन्सियाले स्पानिस ला लिगामा ४ पेनाल्टी प्रहार गर्दै रियल मड्रिडलाई ४-१ ले पराजित गरेको छ । रियलले पहिलो अग्रता लिएर पनि पटक पटक गल्ति दोहोर्याउदा ४ – १ मा स्तव्ध भएको हो । जसमा कार्लोस सोलरले ह्याट्रिक पुरा गरे । चार पेनाल्टि प्रहार गरेका कार्लोस सोलरले तीन वटा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा एक पेनाल्टीमा भने चुके ।
भ्यालेन्सियाको मैदानमा भएको खेलको २३औं मिनेटमा बेन्जामाले गोल गर्दै रियललाई पहिले अग्रता दिलाएका थिए । ३०औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाएपनि कार्लोस सोलर त्यसमा चुके । युनुस मुसाहले ३०औं मिनेटमै गरेको गोल भिएआरले मान्यता दिएन ।
३५औं मिनेटमा सोलरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ४३औं मिनेटमा रियलका राफेल भरानले आत्मघाती गोल गरेपछि भ्यालेन्सियाले २-१ को अग्रता बनायो । सोलरले ५४औं र ६३औं मिनेटमा पनि पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।