ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

किसाने कहिले पाउलान धानको उचित मुल्य, यस बर्ष पनि किसान मारमा

सरकारले तोकेको भन्दा ८ सय रुपैयाँ सस्तोमा धान बेच्न बाध्य

काठमाडौं । समयमा रासायनिक मल दिन नसकेको सरकारले अहिले किसानलाई धानको उचित मुल्य पनि दिन सकेको छैन् । असारमै सरकारले धानको न्यूनतम सर्मथन मुल्य तोकेपनि किसान भने सरकारले तोकेको भन्दा ८ सय रुपैयाँ सस्तोमा धान बेच्न बाध्य भएका छन् । सरकारले तोकेको मुल्यबारे अफुलाई जानकारी नभएको किसानले बताएका छन् ।
विगतका बर्षहरुमा धान पाकि सक्दा पनि सरकारले धनको न्यूनतम समर्थन मुल्य नतोक्दा आफूले धानको मुल्य किसानले गुनासो गर्न थालेपछि सरकारले यस बर्ष रोपाई सुरु हुँदै गर्दा धानको मुल्य तोकेको थियो । तरपनि किसानले उचित मुल्य भने यस बर्ष पनि पाउन सकेन् । पश्चिम तिर धान छिटो पाक्ने भएपनि किसान सँग उचित मुल्यमा खरिद गर्ने बताएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सहकारीले धान खरिद गर्न ढिलाई गर्दा किसानले व्यापारीले मानपरि खोलिएका गल्लामा सरकारले तोकेको भन्दा ८÷९ सय सस्तोमा धान बेच्न बाध्य भएका छन् । पूर्वी भेग झापा मोरङ्गका किसान पनि पर्यप्त बर्षात भएकोले उत्पादन राम्रो भएको बताउछन् । तर उचित मुल्य पाउने नपाउनेमा दुविधामै रहेका छन् ।
सरकारले यस बर्ष मोटो धान प्रतिक्विन्टल दुई हजार ७ सय ३५ र मध्यम धानको मुल्य दुई हजार ८ सय ८५ तेकेको थियो । तर सरकारले तोकेको उक्त मुल्य आफुलाई थाहा नभएको र व्यापारीहरुलाई दुई हजार देखि २१ सय सम्म विक्रि गरिरहेको कृषक बताउछन् ।
सरकारले धानको न्युनतम समर्थन मुल्य तोकेको सूचना विभिन्न तरिकाले प्रचार प्रसार गरेको दावी कृषि मन्त्रालयले गरेको छ । तर किसानहरु भने सरकारले धानको मुल्य तोकेको बताएपनि के कति हो आफूलाई थाहा नभएको बताउछन् ।
यस बर्ष समयमै बर्षत भएको कारण झण्डै ९८ प्रतिशत रोपाई भएको थियो । गत बर्ष मुस्किलले ९० प्रतिशत सम्म रोपाई हुने गरेको थियो भने साढे ५५ लाख मेट्रिन धान उत्पाद भएको थियो । यस हिसाले यस बर्ष धानको उत्पाद बृद्धि हुने देखिन्छ ।
नेपाल कृषि प्रधान देश भएपनि किसानहरु भने सधै मारमा पर्ने गरेका छन् । सिचाईको सुविधा नहुँदा किसानहरुले आकाशे पानीको भारमा लगाईएको वालले पनि उचित मुल्य नपाउदा झन मारमा पर्ने गरेको विज्ञ बताउछन् । नसमयमा मल पाउन सरेको छन् न विउविजन नै यस्तो अवस्थामा पनिसमग्र कृषि क्षेत्रको विकास गर्न र किसानका समस्या समाधान गर्ने जिम्मेवारी लिएको कृषि तथा पशुपन्छी मन्त्रालय भने किसनका समस्या सुधान उन्मुख रहेको कृषि मन्त्रालएको दावी छ ।
असरमै धानको न्यूनतमा सर्मथन मुल्य तोकिएपनि पहिलो बर्ष भएकोले कार्यन्वयनको चरणमा रहेको उनको तर्क छ । व्यापारीहरुले आफ्नो स्वर्थको लागि कम मुल्यमा किन्ने हुँदा उचित मुल्य पाउन किसानले सहकारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेच्नु पर्ने उनले बताए । तर किसान सँग ६० लाख मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको खाद्य व्यावस्था तथा व्यापार कम्पनी भने भण्डारणको समस्यले उक्त लक्ष्य मिट नहुने बताउछन । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले भण्डारण समस्यका कारण गत बर्ष ३० हजारको लक्ष्यमा २२ हजार मात्रै खरिद गर्न सकिएको र यस बर्ष भण्डारण क्षमता बढेको तर ६० हजार नै किन्न सकिने नसकिने अहिले नै भन्न सकिने बताउछन् ।
नेपालमा औषत ५५ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । खाद्यले ६० हजार र सहकारीले ९० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य लिएको छ । दुबैले तोकेको लक्ष्य अनुसार किसानको धान खरीद गर्ने हो भनेपनि एक लाख ५० हजार हाराहारीमा मात्रै धान खरिद हुने देखिन्छ । औषत ५५÷५६ लाख मेट्रिक टन धानमा सरकारी निकायले १० लाख मेट्रिक टन धन खरिद गर्न सके किसानहरुले उचित मुल्य पाउन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *