फेरी सर्यो कांग्रेस केन्द्रिय समिति बैठक- दैनिक छलफल भएपनि विवाद जहाँको त्यही
२४ गतेकालागि सरेको नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक २७ गतेसम्मका लागि पुन सरेको छ । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएपछि असोज १९ बाट बैठक सर्दै कार्तिक २७ पुगेको हो । असोज १९ बाट २५ असोज २५ बाट कार्तिक २१ र कार्तिक २१ बाट पुन २७ गतेका लागि सरकेको हो ।
रामचन्द्र पौडेल पक्षका २७ केन्द्रिय सदस्यले हस्ताक्षर गरेको १६ बुधें विरोधपत्रमा अनौपचारीक छलफल गर्ने र सहमति पुर्याएर केन्दिय समितिबाट अनुमोदन गर्ने जनाइएपनि दैनिक जसो हुने छलफल विना निस्कर्ष टुङ्गदै आएका छन् । पछिल्लो समय भने उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइसोलेसनमा रहेकाले बैठक सारिएको मुख्यसचिव पौडेलले जानकारी दिएका छन् ।
पार्टी केन्द्रीय विभागको गठन, क्रियाशील सदस्यताको वितरण, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका विषयमा विधान विपरीत निर्णय भएको भन्दै वरिष्ठ नेता रामचन्द्र पक्ष सभापतिसंग चिडिएको छ ।