ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

के हो एन्टिबडि, एन्टिबडि जाच गर्न कति खर्च लाग्छ ?

कोरोना संक्रमण सुरु भएको पनि १० महिना पूरा भइसकेको छ । यो अवधिमा विश्वका अपवाद बाहेक सबै जसो मुलुक संक्रमणको चपेटामा परेका छन् ।एकपछि अर्को गर्दै कोरोनाको चपेटामा सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरु पनि परिसकेका छन् ।

१० महिनाको समयमा विश्वका ५ करोडको हाराहारीमा संक्रमित पुष्टि भइसकेका छन् भने,१२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न प्रयासहरु भएपनि अहिलेसम्म प्रभावकारी हुन सकेको छैन्। कोरोना भाइरस विरुद्धको कुनैपनि खोप बनिसकेको छैन भने खोप कहिलेसम्म आइसक्छ त्यसको पनि यकिन हुन सकेको छैन ।

 विभिन्न मुलुकले खोप परिक्षणलाई तिव्रता दिएपनि कति सफल हुने हो टुङ्गो छैन । सुरुदेखि नै कोरोना भाइरस नयाँ भएको र यसले समय सँगसँगै आफूलाई परिवर्तन गर्दै गइरहेको तथा नयाँ नयाँ तथ्य फेला परिरहेका छन् । गत वर्ष डिसेम्बरमा देखिएको कोरोना भाइरसको आधारमा खोप बनाउनु उचित हुन्छ वा हुँदैन त्यो पनि यकिन भन्न नसकिने स्वास्थ्य विज्ञहरु बताउँछन् ।

डिसेम्बरको अन्तिममा चिनको उहान शहरमा कोरोना भाइरस फैलिएपछि त्यहा एक अध्यान गरिएको थियो जसमा ४ प्रतिशतभन्दा पनि कममा एन्टीबडि विकास भएको पत्ता लागेको थियो । यसको अर्थ यो हो कि चिनको उहानका नागरिकले अझै कोरोना विरुद्धको इम्यूनिटि प्राप्त गर्न सकेको छैन । चीनको वुहान मात्रै होइन बेलायतमा पनि गरिएको एक अध्ययनमा ४० प्रतिशत मानिसमा कोरोना विरुद्धको एन्टीबडी विकास नभएको बताएको छ ।

जनस्वास्थ्य विज्ञ डा.सुरेश तिवारीले कोरोना संक्रमण भइसकेपछि मानिसको शरीरमा विकास हुने एन्टीबडी विकास हुन समय लाग्ने बताएका छन् । हुन त एक पटक संक्रमण भएपछि पुर्न फेरि दोहोरिएर संक्रमणपुष्टि हुने गरे पनि नेपालमा भने नगन्य रहेको उनको भनाई छ ।

कोरोना संक्रमण पछि मानिसको शरिरमा एन्टी वडीको निर्माण हुने भएका कारण पनि तत्काल कोरोना संक्रमणको संभावना न्युन हुने विज्ञहरु बताउछन् । सवै व्यक्तिमा एकै प्रकारको एन्टि बढि निर्माण नहुने भएका कारण पनि यस्को असर र प्रभाव व्यक्ति अनुसरा फरक हुने रक्तसञ्चार विशेषज्ञ डा विपिन नेपालको भनाई छ।

कोरोना लागेको करिव डेढ महिनामा सवै भन्दा धेरै एन्टिबडि बन्ने गरेकव पाइएपनि कसैमा न्यून र कसैमा ज्यादा हुने गरेको पाइएको छ । एन्टीबढिको अनुपातले व्यक्तिमा रोगसंग लड्ने क्षमताको पहिचान गर्न सकिनेछ । नेपालका केही निजि अस्पतालले यो परिक्षइको व्यवस्था गरेका छन् । हाल नेपालमा एन्टीबढि परिक्षण गर्न ३ हजार खर्च गर्नु पर्ने भएपनि क्रमस घट्दै जाने विश्वास गरिएको छ ।

कोरोना संक्रमणको बारेमा अझै सम्म स्पष्ट आधार नभएको र यसको उचार प्रणाली समेत विकास नभएको समयमा कुन प्रणालीले के काम गर्छ अझै प्रष्ट हुन बाँकी छ । त्यसैले कोरोनाबाट सुरक्षीत रहन व्यक्तिगत सावधानी नै महत्वपुर्ण पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *