ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमितको शव व्यवस्थापनमा सेना र मन्त्रालयको तालमेल र समन्वय भएन

नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको सङ्ख्या कति हो भन्दा फरक फरक उत्तर आउछ । तथ्याङ्क राख्ने, व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयको तथ्याङक एक प्रकारको छ भने शव व्यवस्थापन गर्ने नेपाली सेनाको तथ्याङ्क फरक छ ।

दुई निकायको तथ्याङ्कमा मृतकको सङ्ख्यामा सयौं फरक परेपछि छानविन समिति नै गठन गर्न पर्ने अवस्था बन्यो । छानविन समितिले प्रतिवेदन बुझाएपछि स्वास्थ्य मन्त्रालय तथ्याङ्क सच्याउने काम सुरु गरेको छ ।

सेनाले कोभिड पुष्टि भएको प्रमाण र वडाको सिफारिसबिना संक्रमितको शब व्यवस्थापन गर्दैन। तर मन्त्रालयमा होम आइसोलेसनमा मृत्यु भएकोको तथ्यांक नआउने हुँदा फरक परेको भन्दै तथ्याङ्क सच्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार साँझसम्म नेपालमा ११०८ जना संक्रमितको मृत्यु भएको छ। तर, यो संख्याभन्दा नेपाली सेनाको तथ्यांकमा थप ६ सय बढी संक्रमितको मृत्यु भएको छ। समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाली सेनाबीच कोरोना संक्रमितको शव व्यवस्थापनमा तालमेल र समन्वय नभएको निष्कर्ष निकालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *