ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिसोमा कोरोनाको त्रास बढ्दो,एउटै कोठामा धेरैजना नबस्न चिकित्सकको आग्रह

नेपालमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ । कोरोना संक्रमणको औषधी पत्ता लागि नसकेका कारण यसको त्रास बढ्दो छ । चिसोको समयमा कोरोना संक्रमण बढन सक्ने बताइरहेका छन् ।पछिल्लो समय एक पटक कोरोना संक्रमण पुष्टि भएर निको भईसकेकाहरुमा पनि पुन कोरोना संक्रमण देखिन थालेसँगै त्रास झनै बढन थालेको छ। चिसो समय सुरु भएसंगै कोरोना संक्रमण दरबढ्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

कोरोना संक्रमण महामारीको रुपमा रहैको समयमा स्वास्थ्य विज्ञको यो चेतावनीले अझ त्रास बढेको छ । चिसो सुर भएसंगै एउटै कोठामा धेरै बस्ने, झ्याल ढोका बन्द गर्दा स्वच्छ हावा नआउने लगायतका कारण पनि कोरोना संक्रमण बढन सक्ने डा रविन्द्र पाण्डेको भनाई छ। त्यसमाथी तराईमा सुरु भएको सितलहरबाट बच्न लामो समय संगै बसेर आगो ताप्ने हुदाँ पनि कोरोना संक्रम०को त्रास रहेको डा पाण्डेको भनाई छ ।

एकतिर चिसोको कारण संक्रमण बढ्ने डर र त्यसमाथी नयाँ नयाँ अनुसन्धानबाट भेटिएका तथ्यका कारण अहिले झनै त्रास बढ्दो छ । कोरोना संक्रमित व्यक्तिमा पुन कोरोना संक्रमण देखिने र त्यो अवस्था अझ जटिल हुने भएका कारण त्रास बढेको हो । तेसैले चिसोको समयमा मानीसहरु जोगिदै व्यक्तिगत सुरक्षामापनि वेशेष ध्यान दिन चिकित्सको आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *