ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली नेपाल बिच भेटवार्ता , संकुचित नवन्न ओलीलाई नेपालको सुझाब

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र विवाद चर्किदै गर्दा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पछियसँग भेटवार्ता गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलमा नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत नेता सहभागी थिए।

पार्टीभित्र प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विवाद बढ्दै गएपछि ओलीले नेपाल पक्षीय नेतासँग छलफल सुरु गरेका हुन्।

पार्टी विवाद समाधानमा पूर्वएमाले एक हुनुपर्ने अडान पछिल्ला दिनमा ओलीले अगाडि सारेका छन्। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई नेतृत्व लिने गरी अगाडि बढ्न आग्रह गरेका छन्।

करिब डेढ घण्टा लामो समय छलफल भए पनि ठोस निर्णय केही नभएको छलफलमा सहभागी एक नेताले बताए । प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेको उनको भनाइ छ । वरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई जिम्मेवारी अनुसारको विशाल सोच बनाएर काम गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *