भारतीय राजदुतले २८ आईसीयु भेन्टिलेटर उपहार स्वरुप नेपाललाई हस्तान्तरण
सेयर गर्नुहोस
3 - 3Shares

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राद्वारा नेपाललाई २८ वटा आईसीयु भेन्टिलेटर उपहारका रुपमा दिएका छन् । महामारीले निम्त्याएको चुनौतीको सामना स्वरुप भारतले नेपाललाई सहयोग स्वरुप भेन्टिलेटर हस्तान्तरण गरेको भारतिय राजदूतले वताए । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पनि भारतिय सहयोगप्रति आभार प्रकट गर्दै कोभिड रोकथाम तथा नियन्त्रणमा भारतको सहयोगको अपेक्षा गरेका छन् । साथै आगामी दिनमा कोभिड नियन्त्रण तथा रोकथाममा दुबै मुलुकले सँगसगै मिलेर अगाडी वढ्नुपर्नेमा जोड दिएका छन् ।
