डोनाल्ड ट्रम्पलाई हराउदै वने जो वाइडन अमेरिकी राष्ट्रपति

अमेरिकी राज्य पेन्सिलभेनियामा करिव ३४ हजार मतले जितेपछी उनी अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएको छ । उन हालसम्म २ सय ८४ इलेक्ट्रोल मत प्राप्त गरेका छन् । ५ सय ३८ मध्ये राष्ट्रपतिको जितका लागी २ सय ७० इलेक्ट्रोल भोट प्राप्त गर्नुपर्छ । नर्थकोरोलोना , जर्जिया , नेभडा र अलस्काको नजिजा भने अझै आउन बाँकी भएपनि पेन्सिलभेनिया २० इलेक्ट्रोल भोट प्राप्त गरेपछी ड्यामोक्र्याटिक उम्मेद्धार वाइड अमेरिका ४६ औ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
खास गरेर डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको क्षेत्रमा देखाएको रबैया र विश्व स्वास्थ्य संगठनप्रतिको व्यवहारका कारण उनी वढी आलोचित वने । उनले कोरोना भाइरसलाई चीनियाँ भाइरसको संज्ञा दिदै लकडाउनको अवेज्ञा गरे जसले गर्दा अमेरिका जस्तो शक्तिशाली मुलुकमा करोडौ मानिस कोभिडबाट संक्रमित भए भने लाखौले ज्यान गुमाएका थिए ।
उनले पछिल्लो चुनावको नतिजा आफ्नो पक्षमा नपर्ने देखेपछी हार नमान्ने वताउदै विभिन्न राज्यको अदालतमा मुदा दर्ता समेत गर्न भ्याए । थ्रुपै अमेरिकी जनता घरवाट वाहिर नसकिएको तथा संक्रमित भएकाले १० करोड हुलाकबाट भोट गरेका थिए र अधिकांस ति भोट डमोक्रेटहरुलाई गएपछी वाइडले आफ्नो जित सुनिश्चित गरेका छन् ।