ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेतृत्वमा हुनुपर्ने युवा शक्ति मिडिया र सामाजिक सञ्जालमा सिमित भयो

सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेस दुइ ठुला पार्टी महाधिवेशनको संघारमा छन । तर नेतृत्वविचको शक्तिसंघर्ष तथा गुटगत प्रवृती मौलाउदा दुवै दल भद्रगोल अवस्थामा छन । युवा पुस्ताले नेतृत्व पाउने र पार्टी रुपान्तरण हुने अपेक्षा ज्युका तिउ छ ।

आफैलाई सवैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भन्ने नेपाली काँग्रेसमा युवा पुस्ताको उपस्थिति नगन्य छ । त्यो पनि शक्ति विहिन । १४ ‍औं महाधिवेशनबाट नयाँ नेत्रृत्व आउने र त्यसमा धेरै नयाँ अनुहार देखिने कार्यकर्ताको अपेक्षा थियो । तर गुटकत राजनीतिका कारण त्यो संभव देखिदैन । ७० कोइराला विरासत पछि एक छत्र राज गरेका शेरबहादुर पुन सभापतिमा लड्दैछन् भने उनकै समकालीन रामचन्द्र पौडेल अर्का आङ्क्षी बनेका छन् । उनीहरुकै उमेर समुहका लगभग दर्जन बढि नेताहरु सभापतिको आकाङ्क्षी बन्दा युवा भनिने गगन, प्रदिप,चन्द्र कुन पदका दावेदार हुने अझै टुङ्गो लाग्न सकेको छैन । उमेरले रिटार्ड भएपनि सधै पदको वरीपरी घुमिरहने प्रविर्तिका कारण पार्टीहरु पुरानै ढर्रामा छन् ।

उता सत्तारुढ दल नेकपाको अवस्था अझ कहालील्दो छ । दुई ठूला दल मिलेर बनेको नेकपामा दोस्रो दर्जा हैन पहिलो द।जाना नै विवाद छ । बहुसङ्ख्यक प्रधानमन्त्री रहरेको पार्टीमा युवा पुस्ताको उपस्थिति मिडिया र सामाजिक सञ्जाल बाहेक अन्य स्थानमा विरलै देख्न सकिन्छ । यस्तो अवस्था सृर्जनाहुनुमा नेतृत्वको अकर्मणयता भएको भनेने पनि उनीहरु विरुध खुलेर प्रस्तुत भने हुन सकेका छैन्न । नेकपा नेत्रृ रामकुमारी झाँक्री कसैको अडेस भएकै कारण सडकको मान्छे महल र मलको मान्छे सडकमा पुग्ने अवस्था रहेको भन्दै हैरान छिन् ।

युवा पुस्ता नै ४० प्रतिशत रहेको नेपालमा युवा नेताहरुको यसप्रकारको कहालीलाग्दो अवस्था हुदाँ उनीहरुले समेत आफूभन्दा तल्लो पुस्तालाई भने समेटन् सकेका छैनन् ।विधिसम्मत संगठन सन्चालन नहुदा नेतृत्व हस्तान्तरणको अवस्था अझ दयनीय छ । माउपार्टीकै देखासिकिले भातृसंस्थाहरुमा समेत पुस्ता हस्तान्तरण रोकिदै आएको छ ।

विधि विधान र पद्धती मिचेर अराजकतातर्फ मेलिएका दलहरुमा गुटगत प्रवृति हावी हुदै जाँदा आशलाग्दो पुस्ता समेत त्यसैको फेरीमा घुमिरहेको देखिन्छ ।

एकातर्फ पार्टी विधिसम्मत नचल्नु अर्कोतर्फ गुटगत झुण्ड हावी हुदा विद्यार्थी संगठनको नेतृत्व सम्हाल्दै माथी पुगेकाहरु पनि त्यसैको शिकार बनिरहेका छन । तेसैलै अवको महाधिवेशनमा भने युवाको भुमिका र उपस्थिति बलियो बनाउन निस्चित कोटा छुट्याउने लविङमा विद्यार्थी नेताहरु छन् । अनेरास्वियुका सहअध्यक्ष रञ्जीत तामाङ दुई पटकभन्दा बढि कुनै पनि नेतृत्वमा बस्न नपाउने गरी विधान संसोधन गर्नु पर्ने बताउछन् ।

पार्टीमा सँधैको भद्रगोलले क्षमता भन्दा पनि शक्ति र पहुचको भरमा जिम्मेवारी पाउने गलत परम्पराले निष्ठाको राजनीति गर्नेहरु निराश बनेका छन । माउपार्टीको प्रतिच्छाया भातृसंस्थाहरुमा समेत पर्दै जाँदा सरासरको नेतृत्व विकास रोकिएको मात्र छैन वेलैमा पुस्ता हस्तान्तरण नहुदा संगठनका सबै अंगमा पाकै उमेरका नेताहरु हावी छन ।

विद्यार्थी संगठनहरुलाइ राजनीतिको नर्सरी भन्ने गरेपनि त्यही उत्पादन क्षमताको बलमा पार्टीको नेतृत्वसम्म पुग्न जीवनकाल पुरै खर्चिनुपर्ने अवस्था बन्दै गएको छ । ठुला राजनीतिक परिवर्तनसँगै युवा पुस्ताको अग्रगामी भूमिका हुनुपर्नेमा युवानेताहरु निरिह देखिन्छन ।

नेपाल विद्यार्थी संघका महामन्त्री  दिपक भट्टराई  सहि समयमा सहि नेतृत्व नपाउदाको परिणती भएको बताउछन् ।

अहिले महामारीका कारण त्यो शक्ती स्वदेश फर्किएको बेला उनीहरुको ब्यवस्थापनका लागि समेत सरकारसँग योजना छैन भने खुल्ला मञ्चमा एक छाक खानाको आसार गरेर बस्ने युवा शक्तिको रोजगारको समेत व्यवस्था गर्न राज्य चुकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *