ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लामाे समय विताउदैमा नेतृत्व गर्न सकिदैन-ढकाल

विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष विताएको भन्दै अब आफुले नेतृत्व गर्न पाउने दावी गर्दै आउनु भएको छ, भन्दै धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न नसकिने बताए ।

नेपालगन्ज, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताउनुभयो । नेपालगन्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले यस अघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईहरुकै साथमा रहेको छु र सँगै नै रहने बताएका छन् ।
वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको बताएका छन् । विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष विताएको भन्दै अब आफुले नेतृत्व गर्न पाउने दावी गर्दै आउनु भएको छ, भन्दै धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न नसकिने बताए । व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उहाँले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने बताए ।
आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने पहिलो काम हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *