ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रद्द भएको ठेक्का पुनः निकाल्ने तयारीमा रेल विभाग

काठमाडौं, पूर्व तयारी नगरी ठेक्का निकालिए पछि चौतर्फि विरोध भइ रद्द भएको इनरुवा–काकडभिट्टा रेलमार्गको ठेक्का पुनः निकाल्ने तयारीमा रेल विभागको टोली जुटेको छ ।
राष्ट्रिय गौरवका आयोजना अन्तर्गत पर्ने पूर्वपश्चिम विद्युतीय रेलमार्गको ट्रयाकबेड निर्माणको यो ठेक्का असार १४ र १७ मा आवश्यक पूर्व तयारी नै नगरी निकालिएको थियो। सार्वजनिक खरिद नियमावली मिच्दै निश्चित कम्पनीले मात्रै पाउनेगरी फिक्सिङ गरेर ठेक्का निकालेपछि सरकारको चौतर्फा आलोचना पनि रद्द भएको थियो । अब भने आयोजनाको तयारी गरेर मात्रै ठेक्का निकाल्न लागिएको जनाएको छ ।
रेल विभागकी महानिर्देशक प्रमिलादेवी बज्राचार्यले यही वर्षभित्रै ठेक्का निकाल्ने तयारीका भईरहेको जनाएकि छन् ।
करिब एक सय ६ किलोमिटर लम्बाइको यो रेलमार्ग झापा, मोरङ र सुनसरी जिल्लामा पर्छ । तीनवटै जिल्लामा गरि करिब छ सय २६ हेक्टर जग्गा र २ किलोमिटरमा पर्ने रुख कटान गर्नुपर्नेछ । सेन्ट्रलबाट दुवैतिर २५/२५ गरि ५० मिटर चौडाइ सिमांकन तोकिएको छ ।
तीनवटै जिल्लाका मालपोत कार्यालयहरुले मूल्यांकन दिइसकेका छन् । अधिग्रअनमा परेका जग्गाको मुआब्जाका लागि दररेट जिल्ला प्रशासन कार्यालय तोक्छ । त्यसपछि वितरण हुनेछ । यसका लागि अर्थ मन्त्रालयले विभागलाई करिब दुई अर्ब रुपैया निकासा दिइसकेको छ भने रुख कटानको स्वीकृतिका लागि पनि प्रक्रिया अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *