ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टामा २७ सय ५३ जनामा कोरोना पुष्टी १७ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा २७ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा परीक्षण गरिएका १० हजार ४ सय २३ नमुनामध्ये २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । योसँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । पछिल्ला २४ घन्टामा २२ सय ६ जना कोरोना मुक्त भइ डिस्चार्ज भएका छन् । योसंगै कोरोना जित्नेको कुल संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । विभिन्न जिल्लामा गरी देशभर १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १५ लाख २७ हजार ७ सय ६६मा पीसीआर परिक्षण भएको छ । देशभरि गरी ३५ हजार ४ सय ३५ जना इसोलेसनमा र ११ सय ४४ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *