ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री कप डिसेम्वरको अनत्यसम्ममा गर्ने व्यवस्था मिलाउन क्यान वोर्ड बैठ्कको निर्देशन

शनिवार अनलाइनमा भएको राष्ट्रिय क्रिकेट संघको वोर्ड बैठकले प्रधानमन्त्री क्रिकेट कप आगामी डिसेम्वरको अनत्यसम्मा सञ्चालन गर्न अनुमति लिने गरी काम गर्ने निर्णय गरेको छ । प्रत्येक वर्ष हुँदै आएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता यो वर्ष कोभिडका कारण स्थिगित भएको थियो । क्यान मंसिर ३ गते वार्षिक साधारण सभा तथा १० गते पुरुषहरुको क्लोज क्याम्प राख्ने निर्णय गरेको छ । आइसिसिले क्यानलाई प्रतिवन्ध लगाएपछी गत वर्ष क्यान फुकुवा भएको थियो । त्यस यता क्यानले नेपाली क्रिकेटमा केही सुधार गर्ने अपेक्षा गरेपनि अपेक्षानुरुप काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

भारतिय दुतावासको सहयोगमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको पेभेलियनको स्तरउन्नति गर्ने काम अगाडी वढाउने निर्णय गरेको छ । मुलपानीस्थित निर्माणाधिन क्रकेट मैदानको ड्रेनेज निर्माण र स्तरोन्रतिको काम अगाडी वढाइने तयारी अगाडी वढ्ने भएको छ ।

दुर्गाराज पाठकको संयोजकत्वमा नेशनल क्रिकेट एकेडेमी सञ्चालन कार्यविधि निर्माण , क्रिकेटरलाई आवश्यक पर्ने फिटनेश ट्रेनर हायर गर्ने , प्रशान्त विक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम , दुर्गाराज पाठक , कैलास बिष्ट र छुम्बी लामा सदस्य रहने गरी तिन बर्षीय रणनैतिक योजना निर्माण गर्ने र प्रधानमन्त्री क्रिकेट कप आगामी डिसेम्वरको अनत्यसम्मा सञ्चालन गर्न अनुमति लिने लगाएका निर्णय क्यान वोर्ड बैठ्कले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *