ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल क्रिकेट संघले मंसिर ३ गते बार्षिक साधारण सभा तथा १० गतेवाट क्लोज क्याम सुरु गर्ने

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

शनिवार बसेको नेपाल क्रिकेट संघको अनलाईन बैठ्कले मंसिर ३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । कोभिड १९ कारण अवरुद्ध हुदै आएको क्रिकेट प्रतियोगिता सुचारु गर्नका लागी स्वास्थ्य मापदण्डको प्रोट्रोकललाई पालना गर्दै पुरुष क्रिकेटको क्लोज क्याम मंसिर ३ गतेवाट गर्ने निर्णय क्यानले गरेको छ । नेपाल क्रिकेट संघ ‘क्यान’ ले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै ९ वटा वुँदे कार्यतालिका सार्वजनिक गरेको छ ।

खेलाडी वर्गिकरण छनौट समितिले खेलाडी सोमपाल कामीलाई ग्रेड बि वाट ए मा , अविनास वोहोरालाई सि बाट बि , ललितनारायण राजवंशीलाई ग्रेड बि मा र सन्दिप जोहोरालाई ग्रेड सि मा पुन: बर्गिकरण गर्न गरेको सिफारिसलाई बैठ्कले स्वकृत गरेको छ । त्यस्तै महिला क्रिकेट खेलाडी तर्फ सरोस्वति चौधरी , ममता चौधरी र सुमन खतिवडाको ग्रेड वृद्धि गरिएको छ ।

त्यस्तै भारतिय दुतावासको सहयोगमा कीर्तिपुरस्थित टियु क्रिकेट मैदानको पेभेलियनको स्तरउन्नति गर्ने काम अगाडी वढाउने निर्णय वोर्ड बैठ्कले गरेको छ । मुलपानीस्थित निर्माणाधिन क्रकेट मैदानको ड्रेनेज निर्माण र स्तरोन्रतिको काम अगाडी वढाइने तयारी अगाडी वढ्ने भएको छ ।

दुर्गाराज पाठकको संयोजकत्वमा नेशनल क्रिकेट एकेडेमी सञ्चालन कार्यविधि निर्माण , क्रिकेटरलाई आवश्यक पर्ने फिटनेश ट्रेनर हायर गर्ने , प्रशान्त विक्रम मल्लको संयोजकत्वमा ऋषि गौतम , दुर्गाराज पाठक , कैलास बिष्ट र छुम्बी लामा सदस्य रहने गरी तिन बर्षीय रणनैतिक योजना निर्माण गर्ने र प्रधानमन्त्री क्रिकेट कप आगामी डिसेम्वरको अनत्यसम्मा सञ्चालन गर्न अनुमति लिने लगाएका निर्णय क्यान वोर्ड बैठ्कले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *