साताभरमा सुनको मुल्य २७ प्रतितोलाका दरले वृद्धि

यो साता सुनको मुल्य प्रति तोला २७ सय रुपैयाँले बृद्धि भएको छ । नेपालको इतिहासका गत साउनमा प्रति तोला एकलाख तीन हजार पुगेको सुन त्यस यता ओरालो लाग्दै ९३ हजार सम्म पुगेको थियो । पछिल्लो सयम उकाले लागेको सुनको मुल्य शुक्रबार दुई हजारले बढेर ९७ हजार दुई सयमा कारोबार भएको थियो ।
आइतबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँ पुग्यो । त्यस्तै बुधबार ९ सय रुपैयाँले बढ्दै ९६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । लगातार बढिरहेको सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा झरेको भए पनि शुक्रबार फेरि एकैचोटी दुई हजार हजार रुपैयाँ महँगिएको हो । यस्तै, चाँदीको मूल्य पनि बिहीबारभन्दा तोलामा ४५ रुपैयाँले बढेर शुक्रबार एक हजार दुई ५५ रुपैयाँका कारोबार भएको थियो ।
यो सातामा चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ । यो तोलामा गत आइतबार १५ रुपैयाँ, सोमबार १० रुपैयाँ, मंगलबार ५ रुपैयाँले बढेको थियो । बुधबार भने तोलामा ५ रुपैयाँले घटे पनि बिहीबार पुनः ५ रुपैयाँ बढ्यो ।