ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

साताभर नेप्सेमा रु १२ अर्ब २२ करोड वरावरको शेयर कारोवार

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

यो साता शेयर बजारमा ९ अंकको गिरावट आएपनि कारोबार रकमका भने उल्लेख्य बृद्धि भएको छ । गत साता ५ अर्ब ७६ करोडको कारोबार भएकोमा यो साता १२ अर्ब २२ कारोड रुपैयाँ बरावरको शेयर कारोबार भएको छ ।

१ सय १२ कम्पनीका ४ करोड ७६ हजर कित्ता शेयर खरिद विक्रि हुँदा १२ अर्ब २२ करोड २७ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको हो । गत साता एक सय १० कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर खरिदविक्रि हुँदा ५ अर्ब ७६ करोड ३६ लाख ९० हजार बराबरको कारोबार भएको थियो । गत साता १६ सय ४५ दशमलब ६८ अंकको विन्दुमा बन्द भएको नेप्से यो साता १६ सय ३६ दशमदब शुन्य ९ अंकको विन्दुमा झरेर बन्द भएको छ ।

कारोबार भएका पाँचै दिन नेप्सेमा सामान्य घटबढ भईरह्यो । आईतबार पहिलो दिन ५ अंकको गिरावट आएको थियो भने दोस्रो दिन तीन अंकको गिरावट आएको थियो । तेस्रो दिन मंगलबार ६ अंकले बृद्धि भएको नेप्से पुनः चौथो र पाँचौ दिन क्रमशः तीन अंक र चार अंकले ओरालो लागेर १६ सय ३६ दशमलब शुन्य ९ अंकको विन्दुमा आएका बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *