ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‍सचिवालय सदस्य र प्रधानमन्त्री ओलीविचको भेट अनिर्णित

बहुमत सचिवालयले सदस्यले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ततकाल सचिवालय बैठ्क आव्हान गर्न लिखित पत्र वुझाएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बालुवाटार गई ओलीलाई सचिवालय बैठक बोलाउन लिखित आग्रह गरेका थिए।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आग्रहका विषयमा कुनै पनि निष्कर्ष नदिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठ्क पछी वताए । ‘ हामी सचिवालय सदश्यले सचिवालय बैंठक वोलाउन लिखित सहमति दिन आग्रह गर्यौ , तर उहाँले आज कुनै पनि निष्कर्ष दिनु भएन ‘ श्रेष्ठले भने ।

शनिवारको भेटका क्रममा कोभिडका कारण उत्पन्न स्वास्थ्य तथा आर्थिक संकटको सम्वोधन , पार्टीभित्र स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन प्रकृया अगाडी वढ्न नसकेको सन्दर्भमा समिक्षा , पार्टीभित्र देखिएको संकटको समाधान गर्दै एकता रक्षा गर्ने सन्दर्भमा छलफल गरेर निर्णय कार्यान्वयन गर्ने प्रकृया अगाडी वढाउन छलफलका लागी बैठ्क आव्हान गर्न अनुरोध गरिएको प्रक्ता श्रेष्ठले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *