ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकामा सुनको मुल्य वढ्दो , तिहार लक्षित बजारमा सुनको मुल्य बढ्ने संकेत

अमेरिकामा राष्ट्रपतिको चुनाव ड्यामोक्रेटिक उम्मेद्धार जो वाइडनले जित्ने आंकलनका कारण पुन एकपटक सुनको मुल्य वढ्ने बढेको छ । चुनावी नजिताहरु वाइडनको अग्रता रहेकाले उनले जित्ने संभावना वढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले आफु राष्ट्रपति निर्वाचित भएमा अमेरिकामा लकडाउन गरेर कोभिड नियन्त्रण गर्ने वताउदै आएका छन् । डोनाल्ड ट्रम्पले चुनाव हारेरमा अर्थतन्त्र ठप्प डरमा लगानीकर्ताहरु सुनमा लगानी गरेर सुरक्षित हुन खोजेको देखिन्छ । अमेरिकामा आर्थिक गतिविधिहरुमा संकुचन आउने संकेत देखिएकाले लगानीकर्ताहरु सुन तर्फ आकर्षित हुँदा सुनको मुल्य अझै थप वढ्ने संभावना छ ।

कोरोना भाइरसलाई खासै वास्ता नगरेका डोनाल्ड ट्रम्प बाहिरिने भए पनि अबको केही समय अर्थतन्त्रले गति लिन नसक्ने विश्लेषकहरु बताउँछन्। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुन साता यताकै अधिकतम मूल्यमा कारोबार भइरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंन्स १९५१ डलरमा कारोबार भइरहेको छ।

विश्वका अधिकांश मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गइरहेको छ। यसले गर्दा सुनको माग बढ्दै जाने विश्लेषण गरिएको छ। अर्थतन्त्र कमजोर हुँदा सुन खरिद गर्न सक्ने क्षमता कमजोर भए पनि लगानीका अन्य ढोका बन्द हुँदै गर्दा सुरक्षित लगानीको रुपमा सुनलाई लिइन्छ।

डलरको मुल्य पछिल्लो समय अवमुल्यन भइरहँदा सुनको मुल्य आकासिएको हो । अमेरिकी चुनावका कारण अमेरिकी डलर सूचक पनि लगातार खस्किरहेको छ। पछिल्लो दुई वर्षको अन्तरालमा डलरको सुचक सूचक १०४ बाट ९२ मा झरेको छ । विश्वव्यापी महामारी कोभिड तथा अमेरिकी चुनावका कारण डलर थप कमजोर भएको हो।

अर्कोतर्फ अमेरिकीमा चुनावलगत्तै नयाँ बजेट तयारी भइरहेको र यस पटक मन्दीमा फसेको अमेरिकी अर्थतन्त्रलाई पुर्वजिवन दिने गरि स्टिमुलस प्याकेज ल्याउने तयारी गरिरहेको छ। यदि उक्त प्याकेजले अर्थतन्त्रलाई सुधार गर्ने बाटोमा ल्याउने प्रारम्भिक संकेतहरु देखिएमा सुनको मुल्यमा करेक्सन हुन अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको अनुमान छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा उछाल आएमा नेपालमा पनि सुनको मुल्य वढ्ने देखिन्छ । तिहार लक्षित सुनको व्यापारमा सुनको बढ्दो मुल्य सामाना गर्नुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *