ट्वटरप्रति राष्ट्रपति ट्रम्पको आक्रोस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगाएका छन् । आफ्ना ४ ट्वीटलाई ट्वीटरले हाइड नदेखिने गराइदिएपछि ट्रम्पले यो आक्रोश पोखेका हुन् ।

राष्ट्रपतिका उम्मेदवारसमेत रहेका ट्रम्पले चुनाव धाँधली भएको र तत्काल मतगणना रोक्न अनुरोध गर्दै ट्वीट गरेका थिए । बिहीबार राती पाँच घण्टाको बीचमा ट्रम्पका चार ट्वीटमा लेवल लगाउँदै प्रयोगकर्ताहरूले रिट्वीट गर्न नसक्ने बनाएको थियो ।

ट्वीटरले लेवल लगाउँदै उल्लेख गरेको छ, ट्वीटरमा शेयर गरिएका केही वा सबै सामग्री विवादित छन् र चुनाव वा अन्य सिभिक प्रोसेससम्बन्धी भ्रामक हुन सक्छन्।