प्रधानमन्त्री भेट्नुअघी बहुमत सचिवालय सदस्य धुम्वाराहीमा छलफल गर्दै

सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई सामूहिक रुपमा आग्रह गर्न जानुअघि नेकपाका बहुमत सचिवालय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरिरहेका छन्।
बिहान ९ बजेदेखि सुरु भएको छलफल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेको पार्टी कार्यालय स्रोतले जनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो। सचिवालयका ५ सदस्यहरुले आज ओलीलाई भेटेर सचिवालय बैठकका लागि आग्रह गर्ने भएका हुन्।