इलेक्ट्रल कलेज मत वरावर भए के हुन्छ ?

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अब नतिजा आउन बाँकी रहेका राज्यहरूमध्ये जोर्जिआमा जो बाइडनको र अन्य सबैमा डोनाल्ड ट्रम्पको पक्षमा नतिजा आएको खण्डमा इलेक्टरल मत बराबर हुन जान्छ । कुल ५३८ इलेक्टरल मत रहेकोले दुई उम्मेदवारको २६९/२६९ मत हुने सम्भावना रहन्छ ।
यस्तो भयो भने को राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन्छ रु यसको निर्णय संसद्ले गर्छ । अमेरिकी संसद्ले सन् १७९६, सन् १८००, सन् १८२५, र सन् १८७७ मा गरी चारपटक सिर्जना हुन गएको विशेष परिस्थितिमा राष्ट्रपति छानेको छ ।
संसद्को भूमिका
कंग्रेस भनिने अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले राष्ट्रपति र माथिल्लो सदन सिनेटले उपराष्ट्रपति छान्ने कानुनी व्यवस्था छ । हाउस अफ रिप्रिजेन्टेटिभ्स भनिने तल्लो सदनमा प्रत्येक राज्यको प्रतिनिधि मण्डलले एक मत दिन पाउँछ ।
यसको अर्थ त्यहाँ जम्मा ५० मत हुन्छ र २६ मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति चुनिन्छ । हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटको बहुमत छ । सिनेट भनिने माथिल्लो सदनका १०० सदस्य सबैले मत दिएर उपराष्ट्रपति छान्छ । अहिले सिनेटमा रिपब्लिकनको बहुमत छ ।
निर्वाचन वा संसद्ले छान्न सकेन भने के हुन्छ रु
डिसेम्बर १४ मा बस्ने प्रत्येक राज्यको इलेक्टर भनिने इलेक्टरल मत दिने प्रतिनिधिले विजयी उम्मेदवारको नाम दिन्छन् । इलेक्टरमा दुवै दलले पठाएका पूर्वनेता वा कार्यकर्ता प्रतिनिधि हुन्छन् । कुनै तरिकाले इलेक्टरले वा मत बराबर भएको अवस्थामा संसद्ले राष्ट्रपति निर्वाचित गर्न सकेन भने कानुनमा कसले ज्यानुअरी २० मा राष्ट्रपतिको शपथ लिने भन्ने स्पष्ट व्यवस्था छ ।
पहिलो क्रममा तल्लो सदनको सभामुख रहेका छन् । हाल सभामुख डेमोक्र्याट न्यान्सी पेलोसी रहेकी छन् । दोस्रो क्रममा सिनेटको दोस्रो उच्च सद्स्य हुने व्यवस्था छ । यसअघि यस्तो अवस्था कहिल्यै नआएको भएर अभ्यासमा यो कसरी हुन्छ भन्ने स्पष्ट छैन । बीबीसी