ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

आन्तरिक पर्यटकले भरियो रसुवा,

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

कोभिड १९ का कारण करिब ७ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ ।

लामो समयदेखि सुनसान रहेको रसुवामा हिजो आज आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा देखिन थालेको छ ।

चैत ११ देखिको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको रसुवामा दशैं पछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।

कोरोना महामारीका कारण करिब ७ महिनादेखि ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न र बास बस्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएको होटल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताउनुभयो ।

अध्यक्ष गजुरेलले लामो समय देखि व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा उत्पन्न भएको थियो अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित भएको बताउनुभयो । अहिले दैनिक ६० देखि ८० जना सम्म आन्तरिक पर्यटक र ३ देखि ४ जना वाह्य देशका पर्यटकहरु होटलमा बास बस्न आउने गरेको बताउदै अध्यक्ष गजुरेलले यो संख्या बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी , नागथली लगायतका क्षेत्र हेर्न पर्यटक रसुवामा जाने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *