कलाकार निर्मल शर्मालाई कोरोना भाइरस पुष्टी

फिल्म निर्माता तथा कलाकार निर्मल शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्वार पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी शर्माले सामाजिक सञ्जाल मार्फत दिएका छन् । आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन अनुरोध समेत गरेका छन्। सामान्य ज्वरो आएकोले आफुले पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताउँदै शर्माले आफुलाई अरु लक्षण नदेखिएको उल्लेख गरेका छन् ।