ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली काँग्रेस पदाधिकारी छलफल निष्कर्षविहिन , केन्द्रिय समितिको बैठ्क पनि सर्यो

नेपाली कांग्रेसको संस्थापनपक्ष १४औं महाधिवेशनको मिति नजिकिंदै गर्दा तयारी तीब्र बनाउनुको सट्टा पछि सार्ने सुरसारमा लागेको छ । शुक्रबार वोलनाइएको केन्द्रिय समितिको वैठक कार्तिक २४ गतेको लागी सारिएको छ । यो विचमा नेता कार्यकर्ताहरुले भने आन्तरिक छलफललाई तिव्र बनाएका छन् ।

संसदको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस गुट तथा उपगुटवीच मिलाउन व्यस्त छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदश्यले सभापति सच्चिनु पर्ने सर्तसहित १६ बुँदे अल्टिमेटमपत्रको समिक्षा पश्चात शुक्रबारलाई केन्द्रिय कमिटिको वैठक वोलाइएको थियो । तर पौडेलले राखेका प्रस्तावमा छलफल गरेर सहमति पछि केन्द्रिय समितिको वैठक बस्ने गरी बैठक सारीएको हो ।

यो विचमा औपचारी तथा अनौपचारीक छलफलबाट सहमतिको प्रयास गर्ने विश्वास नेताहरुले राखेका छन् । पार्टी सभापति शेरवहादुर देउवाले कार्यशैली सुधार हुनु पर्ने, पार्टीलाई विधाननुसार सञ्चालन गर्नु पर्ने, चौधो महादिवेशन स्वच्छ, निष्पक्ष गर्ने गरी वातावरण तयार गर्नु पर्ने सहितका माग पौडेल पक्षले राखेका छन् ।

फागुनमा महाधिवेशनको मिति तय भएपनि विवादित विषयमा नेपाली काँग्रेसमा भरखर छलफल सूरु भएको छ । पौडेल पक्षलाई सहमति गराउने प्रयास स्वरुप सोमबारबाट छलफल भएपनि सहमति जुट्न सकेको छैन । देउवा पक्षले छलफल सकारात्मक भएको र सहमतिको नजिक पुगेको प्रतिकृया दिएपनि समस्याहरु ज्युका तिउ देखिएका छन् ।

पार्टी सभापतिको रबौयाँले थप गरिएको एक बर्ष र अर्को छ महिनाको विशेष अवस्थामा पनि महाधिवेशन नहुने र पार्टी संवैधानिक संकटमा फस्ने हो कि भन्ने चिन्ता पार्टी पंक्तीमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *