ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य संकटकाल लगाउन शिक्षा तथा स्वास्थ्य समितको माग

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको समितिका सदस्य सांसद सरिता न्यौपानेले जानकारी दिनुभयो । समितिको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएको छ । यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो। आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो। कोरोना संक्रमित सर्वसाधारणको उपचारबाट पन्छिने गरी असोज १९ को मन्त्रिपरिषदको निर्णयको सबैतिरबाट विरोध र आलोचना भएको थियो। बैठकमा सहभागी सांसदहरुले स्वास्थ्य संकट (हेल्थ इमर्जेन्सी) घोषणा गर्न प्रस्ताव गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *