ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मानार्थ महारथीको पदवी ग्रहण गर्दै फर्किए भारतिय सेनाध्यक्ष नरवाणे

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् ।

भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् । भेटका क्रममा ओलीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत् समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको सम्मान लिएका छन् । योसँगै उनले नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १८ औं भारतीय सेनाध्यक्ष बनेका छन् । त्यसअघि उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

नेपाल भ्रमणको पहिलो दिन बुधबार नरवणेले धार्मिक क्षेत्रको भ्रमण गरेका थिए । वसन्तपुरस्थित कुमारीको दर्शन गर्न गएका उनी पशुपतिनाथको मन्दिरमा समेत पुगे । शुक्रबार बिहान उनले सगरमाथाको आधार शिविर क्षेत्रमा माउन्टेन फ्लाइट गरेका थिए ।

नेपाल- भारत संवाद हिनता रहेको समयमा भारतको तर्फबाट गुप्तचर प्रमुख सहित दुई सैन्य प्रमुखको भ्रमण भएको हो । सिमा विवाद समाधानका लागि राजनीतिक तथा कुटनीतिक कुनै पहल हुन नसकेको बेला भारतीय सेना प्रमुख नरवाणेको भ्रमणलाई राजनीतिक तथा कुटनीतिक पहल शून्य भएको समयमा आइसब्रेकको काम गरेको राजनीतिक विश्लषेक पुरञ्जन आचार्य वताउँछन् ।

नेपालले भारतद्वारा अतिक्रमित कालापनी,लिपुलेक र लिम्पियाधुरा सहितको बास्तविक नक्सा जारी गरेसंगै दुइदेशविच तिक्तता बढदै जाँदा संवाद हिनताको चिन्न यो भेटलाई माध्यम वनाउनुपर्नेमा आचार्यले जोड दिएका छन् तर नेपाल सरकारले त्यस दिशातर्फ पहल गर्ने संभावना भने कम रहेको उनको वुझाई छ ।

१९५० मा भारतका तत्कालिन सेनाध्यक्ष जनरल करियप्पाले पहिलोपटक नेपाली सेनाको मानार्थ महारथी दर्जा लिएको इतिहास छ । दुई देशका सेनाप्रमुख विच सातदशक देखि मानार्थ उपाधी ग्रहण गर्ने प्रचलन छ । तर सिमा विवादका कारण सम्बन्ध असहज जस्तै बनेको बेला नरवानेको नेपाल भ्रमण भएको हो ।

नेपाली राजनीतिक इतिहासमा पटक पटक भारतको नाम लिदै सत्ता टिकाउने खेल हुन भएको भन्दै आचार्यले त्यस तर्फ भने सजक हुन आग्रह गरेका छन् । नक्सा जारी गरेको महिनौसम्म पनि भूमि फिर्ताको प्रभावकारी पहल हुन नसकेको भन्दै सरकारको आलोचना भैरहेको छ । यस्तो अवस्थामा सेना प्रमुखको नेपाल भ्रमण नेपाल भारत संवादका लागी सेतु बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *