ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ऐतिहासिक काष्ठमण्डपको बैशाख १२ गते उद्घाटन हुने

काठमाडौं । एतिहासिक काष्ठमण्डप बैशाख १२ गते उद्घाटन हुने भएको छ ।
२०७२ साल बैशाख १२ गते गएको शक्तिसाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काष्ठमण्डप ध्वस्त भएकै मितिमा उद्घाटन गरिने जानकारी दिएका छन् । शुक्रबार शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसंग काष्ठमण्डप पुननिर्माणको प्रगतिको बारेमा जानकारी लिन वशन्तपुर दरबारक्षेत्र पुगेका मन्त्री ज्ञवालीले बैशाख १२ गते उद्घाटनगर्ने जानकारी बताएका हुन ।
काष्ठमण्डप पुनःनिर्माणको अवस्थाबारे जानकारी लिदै परराष्ट्रमन्त्री ज्ञवालीले हालसम्मको प्रगतिको खुलेर प्रशंसा गरेक थिए ।


शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले काष्ठमण्डप क्षतिग्रस्त भएको दिन बैशाख १२ गते १२ बजे नै उद्घाटन गर्ने गरी तयारी भैरहेको बताए । स्थानीयको समेत सहभागितामा काष्ठमण्डप पुननिर्माण समिति मार्फत पुनःनिर्माण गर्न शुरु देखिनै पहल थाल्नुभएका मन्त्री श्रेष्ठले हालसम्मको प्रगति देखेर खुसी व्यक्त गरे । हनुमानढोका दरबारक्षेत्र लगायत देशका महत्वपुर्ण सम्पदा पुनःनिर्माण गर्दा स्थानीयलाई सहभागिता गराउनु आवश्यको उनले बताए ।
मिति घोषणा गरिसकेकाले सोही अनुसाधार तयार थाल्नु पर्ने उनको भनाई छ ।
काष्ठमण्डप पुननिर्माण सम्पन्न गर्न करिब १३ करोड रुपिया लाग्नेछ । सरकारको तर्फबाट पुननिर्माण गर्दा करिब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । काठमाडौं महानगरपालिकाको पुर्ण आर्थिक सहयोगमा पुननिर्माण भैरहेको सो सम्पदाको लागि महानगरपालिकाले करिब साढे १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *