ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक वोलाउन अनुरोध गर्ने अनौपचारिक सचिवालय बैठ्कको निर्णय

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी सञ्चालनको हिसावकिताव मागेपछी प्रचण्डले पार्टी कार्यालय धुम्वाराईमा अनौपचारकि सचिवालय बैठ्क डाकेका थिए । विहिवार प्रधानमन्त्री भेट्न पुगेका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री केपी ओली कार्यकारी अध्यक्षको भुमिका पाएको के वर्ष सम्म पार्टीको काम के गर्नुभयो भनी प्रश्न गरेको ओली निकट एक नेताले वताए । सरकारले गरेका राम्रो कामको प्रचार प्रसार गर्नुको सट्टा सरकारको कामको मात्रै विरोध गरेको भन्दै प्रधानमन्त्रीले रोस व्यक्त गरेका थिए । मुख्य सचिव रेम्मीलाई वेलायतको राजदुत र युवराज खतिवडालाई अमेरिकाका लागी राजदुत वनाउने विषयमा तपाईकै सल्लाहमा भएको होइन भनी प्रधानमन्त्रीले प्रति प्रश्न गरेको थिए । आफु वाहेक सबै मन्त्रीहरु हटाउने कुरामा चाँही मैले नै असहमति जनाएको हो भन्दै प्रधानमन्त्री ओलीले त्यसो गर्नाले हालका मन्त्रीहरुमा अपमान गरेको महसुस हुने वताएका थिए । यदि उहाँहरुलाई हटाएर पुन नियुक्ती गर्दा उहाँहरुलाई अपमान महसुस हुने भएकाले मैले त्यसो गर्न मानिन भन्ने कुरा प्रधानमन्त्रीले वताएको ति नेताले वताए । प्रचण्डसँग मन्त्रीहरुको नाम माग्दा नदिएपछी रिक्त रहेको मन्त्रालयमा मन्त्री नियुक्ती मात्रै गरेको ओलीले वताएका स्रोतले जानकारी दिएको छ ।

शुक्रवार वोलाइएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ‌ओली सहित सचिवालय सदश्यहरु रामवहादुर थापा बादल , इश्वर पोखरेल र महासचिव विष्णु पौडेल बैठ्कमा उपस्थित भएनन् । महासचिव बिष्णु पौडेल सचिवलयको बैठक नवोलाएको वताइसकेका थिए । दिउसो ३ वजे पार्टी कार्यालयमा बरिष्ठ नेता माधव कुमार नेपाल , पार्टी अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड , झलनाथ खनाल , प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितका पाँच जना सचिवालय सदश्य उपस्थित भएका थिए । आज वसेको सचिवालयको बैठकलाई अनौपचारिक बैठक भएको वताउदै सचिवालय सदश्यहरुले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठ्क वोलाउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताए । बैंठकमा प्रधानमन्त्रीले गरेका पछिल्ला निर्णय , विहिवार भेटका क्रममा प्रधानमन्त्रीले मोनमोहन अस्पतालको भवन उद्धघाटकोक्रमा राजिनामा नदिने भन्दै दिएको अभिव्यक्तीको लगायतका विषयमा आफुले जिज्ञासा राख्दा ओलीको जवाफका बारेमा अध्यक्ष प्रचण्डले उपस्थित सचिवालय सदश्यलाई वताएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पार्टी सञ्चालन गर्न नसकेको प्रतिउत्तर स्वरुप अध्यक्ष प्रचण्डले ओलीलाई दिएको प्रतिउत्तरको रुपमा शुक्रवार बसेको सचिवालय बैठकलाई लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *