ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा.केसीको २० औं अनसनको चेतावनी

फाइल फुटेज

चिकित्सा शिषा सुधारका माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द्र केसीले आफुसंग भएको सहमति पुरा नगरे पुन अनशन बस्ने चेतावनी दिएका छन् । डा.केसीले आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउदैं समौता परा नगरे पुन अनशन बस्ने चेतावनी दिएका हुन ।

आफूसँग सरकारले सम्झौता गरेको एक महिना पुग्नै लाग्दापनि सहमति कार्यानोयनमा कुनै चासो नदेखाएको भन्दै डा केसीको आरोप छ ।सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको डा. केसीको भनाई छ ।

उनले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफूसँग सम्झौता गर्न बाध्य भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *