ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दिल्लीलाई हराउदैं मुम्बई फाइनलमा, दिल्लीको पनि फायनल पुग्ने संभावना कायम

डिफेन्डिङ च्याम्पियन दिल्लीलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स आइपिएलको पाँचौ उपाधि नजिक पुगेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि ५७ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।

मुम्बईले दिएको २ सय१ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र जोड्न ५७ रनले पाराजित भयो ।

हार बेहोरे पनि दिल्लीले दोस्रो क्वालिफायर खेल्न पाउनेछ। त्यसअघि शुक्रबार रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावादबीच एलिमिनेटर हुनेछ। विजेता टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। 

दोस्रो क्वालिफायमार जित निकाल्ने टिम र मुम्बईबीच उपाधि भिडन्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *