ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कहाँ पुग्यो बंगलादेश बाट १५ दिनमा आउछ भनेको ५० हजार मेट्रिक टन पैचो मल

सधै जस्तो यस बर्ष पनि धानको बाला लाग्ने बेलामा किसानले रासायनिक मल युरिया नपाएपछि सरकारको चर्को आलोचना भयो । विगतका बर्षहरुमा बजेट अभाव भएको भन्दै पन्छीले कृषि मन्त्रालय सँग यस बर्ष पर्यप्त बजेट हुँदा हुँदै पनि किसानलाई रासायनिक मल उपलब्ध गराउन सकेन । चैतमै ठेक्का पाएका दुई कम्पनीले ल्याउने भनेको ५० हजार मेट्रिक टन मल ल्याउन नसकेका कारण मलको समस्य भएको कृषि मन्त्रालयले जवाफ दियो । र तत्काललाई किसानको समस्य समाधान गर्न भन्दै कृषि मन्त्रालको प्रस्तावमा मन्त्रिपरिषदको निर्णय पछि सरकारले बंगलादेश बाट ५० हजार मेट्रिक टन रासायनिक मल पैचो ल्याउने बतायो । प्रधानमन्त्री केपी शर्म ओलीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई फोन गरेर मल ल्याउने विषयमा कुरा भएको सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका थिए ।

उक्त समयमा १५ दिन भित्र नेपाल आईपुग्ने भनेको ५० हजार मेट्रिक टन मल अझै छलफलमै रहेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताएका छन् ।
गत भदौमा १५ दिन भित्रै ५० हजार मेट्रिक टन मल पैचोको रुपमा बंगलादेश बाट आईपुग्ने बताएको मन्त्रालयले धान पाकेर गहुँ लगाउने बेला हुँदा समेत ल्याउन सकेको छैन् । सुरुमा पैचोको रुपमा ल्याउने भनेको मल अहिले खरिद गरेर ल्याउने निर्णय भएपछि आउन ढिलाई भएको मन्त्रायलको भनाई छ । तर कतिपय जानकारहरु बंगलादेशले नेपाललाई पैचो नपत्यापछि खरिद गर्न लागेको बताउछन् । भदौ देखि पटक पटक क्याविनेटमा छलफलको विषय बनेपनि मल ल्याउने किन नल्याउने, ल्याउने भए कसरी ल्याउने पैचो वा किने अझै तय हुन सकेको छैन् ।
विश्व बजारमा मलको ठूलो व्यापार हुने गर्दछ । ठूला कम्पनीहरुले लाखौं करोडौं मेट्रिक टन मल उत्पादन गर्ने गर्छन जस करण मलको उत्पादन लागत कम पर्न जान्छ नेपालले पनि त्यही बाट ल्याउने गरेको छ । तर बंगलदा देश स्वयम् आफै आयातकर्ता देश हो भने न्यून मात्रामा मात्रै उत्पादन गर्ने गर्छ । आयात गर्ने देशबाटै नेपालले आयात गर्दा महंगो पर्ने विज्ञहरु बताउछन् तर मन्त्रालय भने त्यस्तै नहुने जवाफ दिन्छ ।


प्राङ्गारीक मलको प्रयोगले मात्रै कृषि उत्पादन बृद्धि नहुने भन्दै सरकारले हरेक बर्ष रासायनीक मलको बजेट बृद्धि गरिरहेको छ । दुई बर्ष अघि ६ अर्ब वार्षिक बजेट छुट्याएको सरकारले गत आर्थिक बर्षमा साढे ९ अर्ब र यो बर्ष बढाएर ११ अर्ब पुर्याउदा पनि किसानले सहज रुपमा रासायनीक मल पाउन सकेका छैन्न । रासायनीक मलमा दिने अनुदान प्राङ्गारीक मलमा लगाउने होभने दोब्बर उत्पादन दिने कृषि विज्ञहरुले बताएपनि कृषि मन्त्रालय भने हाईब्रेड विउविजको लागि रासायनिक मलनै चाहीले बताउछ । तर कृषि विज्ञहरु भने कृषि मन्त्रालयको भनाई सँग सहमत छैनन् बरु उल्टै रासायनिक मलमा ठूलो कमिसन हुन सक्ने आशंका व्यक्त गर्छन । हरेक बजेटमा प्राङगारी मललाई विशेष प्राथमिक्ता दिईने छ भनेर एक लाइन लेख्नु भन्दा सरकारले अरु केहि नगरेको कृषि विज्ञहरु बताउछन् ।
आकाशे पानीको भरमा रहेको नेपालको कृषिलाई यस बर्ष मौषमले साथ दिएको थियो । समयसमा कृषकले रासायनिक मल पाउने हो भने धानको उत्पादनले रेकर्ड राख्ने धान विज्ञको प्रक्षेपण थियो तर किसानले मल पाउन नसक्दा विज्ञको प्रक्षेपण फिका हुन्दै गयो ।
हरेक बर्ष रासायनिक मलको लागि बजेटको अभाव हुने गरेको भन्दै सरकारले यस बर्ष ११ अर्ब बजेट छुट्याएको छ । उक्त रकमले झण्डै ५ लाख मेट्रिक टन मल ल्याउन सकिन्छ । तर मन्त्रालयको नेतृत्व गरिरहेका कृषि मन्त्री धनश्याम भुषाल भने उक्त परिमाणको मल स्वयम् शिव जी र ब्राम्हा जी आएपनि ल्याउन नसक्ने बताउछन् । मन्त्रीको यस्तो अभिव्यक्ति हेर्दा कृषि बाटै आर्थिक सम्बृद्धि हाँसिल गर्ने बहस गर्ने मन्त्री भुषालले यस बर्ष पनि कृषिलाई आवश्यक मल उपलब्ध गरान नसक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *