ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ढाका पुगेको नेपाली राष्ट्रिय फुटवल टोली ७ दिन होटल क्वारेन्टिनमा

१३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने नेपाली टोली आज त्यसतर्फ पुगेको छ  । बंगलादेशसँगको दुई मैत्रीपुर्ण खेलका लागि ३४ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोली हिमालयन एयरलाइन्समार्फत ढाका पुगेको हो ।

सिनियर खेलाडी घाइते र केही खेलाडीलाई कोरोना पुष्टि भएपछि यसपटक ८ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बंगलादेश पुगेको टोली करिब एक साता होटेलमा क्वारेन्टिनमा बस्नेछ । कोरोना परिक्षणपछि नेपाली टोलीले प्रशिक्षणको मौका पाउनेछ ।

बिहिबार विहान नेपाली टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय झन्डा सदस्यसचिव रमेश सिलवालले फरवार्ड भरत खवास र गोलरक्षक किरण चेम्जोङलाई संयुक्त रुपमा हस्तान्तरण गरे । मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।

नेपाली टोली अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, बिकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्ताम, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *