ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टुङ्गिएला काँग्रेसको किचलो ?

काँग्रेस भित्र तीन खेमा विच चर्को मतभेदका विच शीर्ष नेताहरु छलफलमा जुटेका छन् । रामचन्द्र पौडेल पक्षका २७ केन्द्रिय सदस्यले सभापति विधान विपरित चलेको, पधादिकारी मनोनयन मनपरी ढंगले गरेको र १४ औं महाधिवेशनबाट भाग्दै आएको आरोप हस्ताक्षर सहित १६ बुँधे विरोध पत्र बुझाएको थियो । सोही विरोध पत्रको कार्तिक १७ गतेबाट नै छलफल भएपनि सांसद सूर्यबहादुर केसीको निधनपछि रोकिएको छलफल रोकिएको थियो ।

कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक डाकेको छ। उक्त बैठकअघि नै शीर्ष नेताबीच सहमति जुटाउन सभापति शेरबहादुर देउवाले शीर्ष नेताको अनौपचारिक बैठक राखेका हुन्। 

शुक्रबार भएको छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको सस्थापन पक्षले जनाउदैँ आएपनि पौडेल पक्षले भने आफ्ना कुराहरु गम्भिरताका साथ नलिएको जिकिर गर्दै आएको छ । महाधिवेशनको मिति घर्किदैँ गर्दा पार्टिमा बल्ल छलफल हुदाँ फागुनको महाधिवेशनको मिति लगभग टरेको छ । त्यसो त सस्थापन पक्षले यसअघिनै फागुनमा महाधिवेशन गर्न नसकिने संकेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *