ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताएका छन् ।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आायोजनामा अहिले सबै पक्ष खटिएर काम गरिरहेको जानकारी गराइकी छिन ।

आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन, विशेष गरी पूँजीगत खर्चको अवस्था, विद्यमान समस्या र समाधानका बारेमा छलफल गर्न अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन, आयोजनाहरुको भौतिक तथा वित्तीय प्रगतिलाई तिव्रताका साथ अघि बढाउनेमा जोड दिइएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *