ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मानवता हराएको महानगर

कोरोना महामारीका कारण रोजिरोटी गुमेका श्रमिकको एउटैमात्रै आधार हो खुल्ला मञ्च । पछिल्लो नौ महिना यता विभिन्न अभियन्ताहरुले खुल्ला मञ्च पुगेर भोका श्रमिको पैट भरदिने कार्य गर्दै आएका छन् । तर उनीहरुलाई कहिले प्रहरी प्रशासनले दुख दिन्छ त कहिले महानगरपालिकाले ।


राहत वितरण सहितको जिम्मा पाएको स्थानिय तहका आ(आफ्नै पिडा छन् । सवैभन्दा ठूलो महानगर तथा देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाको पिर पनि खपिनसक्नुको छ । उस्लाई जनता भोकभोकै मर्दा भन्दा खूल्लामञ्च पोहोर भएको र विश्वमा काठमाडौं भोकाहरुको शहर भनेर चिनिएकला भन्ने डर छ । त्यसैले काठमाडौं उपत्यका पटक पटक खाना नवाड्न निर्देशन दिदै अवरोध गर्दै आएको छ ।


बुधबार काठमाडौं महानगरपालिकाले पत्रकार संमेलन गर्दै श्रमिकलाई खाना खुवाउन होटल र रेष्टुरेन्टको व्यवस्था गर्ने जनाइ रहदाँ खुल्लामञ्चमा श्रमिक भने कतिवेला खाना आउला र खान पाइएले भन्ने पर्खाइमा थिए । उता काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगर गरि खाने भन्दा मागी खानेको शहर हुँदा आफ्नो बेइज्जत भएको गुनासो गरिरहेका थिए । फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको उनको भनाई थियो ।


उनले ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिकस्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई व्यवस्थित गर्न र विकल्प खोज्न त्यसको आर्थिक बन्दो बस्त महानगरले गर्ने उद्घोष गर्न पनि भ्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *