ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जितेको दाबी गर्ने समय भएको छैन

राष्ट्रपति डोनल्ड ट्रम्पले आफुले निर्वाचन जितेको दाबी गरेका छन् तर अझै धेरै राज्यमा गन्न बाँकी रहेको मतले नतिजा कुनै पनि पक्षमा पार्न सक्ने अवस्था छ।उनले ह्वाइट हाउसबाट सम्बोधन गर्दै भनेका थिए, हामी यो निर्वाचन जित्न तयार भइरहेका छौँ। स्पष्ट भन्नुपर्दा हामीले यो निर्वाचन जितिसकेका छौँ।

जोर्जिया, विस्कन्सिन, पेनसिल्भेनिया र मिशिगनजस्ता कडा प्रतिस्पर्धा हुने राज्यको विजेता प्रक्षेपण गरिएको छैन।डेमोक्र्याट उम्मेदवारलाई जाने सम्भावना रहेको शहरी क्षेत्रको ठूलो सङ्ख्याको मत गन्न बाँकी नै रहेको छ।

धेरै मतदाताले हुलाकमार्फत् मतदान गरेको पेनसिल्भेनियामा मतगणना सक्न केही दिन लाग्न सक्ने बताइएको छ।सबैभन्दा महत्त्वपूर्ण, हामी पेनसिल्भेनियामा विशाल मतसङ्ख्याले जितिरहेका छौँ, ट्रम्पले भनेका छन्।

ट्रम्पले त्यहाँ ५५।७ प्रतिशत मतका साथ अग्रता लिएका छन् जबकि ७४ प्रतिशत मत गनिसक्दा बाइडनको ४३ प्रतिशत छ।तर त्यहाँको सबैभन्दा ठूलो शहर फिलाडेल्फियाको ४८ प्रतिशत मत मात्रै गनिएको छ र सो शहरबाट बाइडनलाई धेरै मत आउने अपेक्षा गरिएको छ।

मिशिगन र विस्कन्सिनमा पनि उस्तै अवस्था छ। त्यसैले अहिल्यै नै कसैले जितिहालेको देखिएको छैन।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *